कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार विष्णुदेवी पुडासैनीलाई बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेतृ विष्णुदेवी पुडासैनीलाई उम्मेद्वार बनाउने भएको छ ।

आज बसेको संसदीय दल कार्यसमितिको बैठकले सो पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको हो । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार