अब एक घन्टामै श्रम स्वीकृति : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले अब एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने बताएका छन् ।

आइतबार श्रममन्त्री अर्यालले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् । कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने उनको भनाइ छ ।

पहिलो पटक सुरुवात भएको बताउँदै उनले आउँदा दिनमा यसलाई निरन्तरता दिने पनि सो क्रममा उनले बताए । ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो,’ उनले भने, ‘आजदेखि यो कुराको अन्त्य भएको छ ।’

आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउनेसमेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार