काठमाठडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
आइतबार एकैदिन पाँचवटा संसदीय समितिका बैठक बस्न लागेका हुन् ।
आजका बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दै छ । सो बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रतिनिधिहरुलाई बोलाइएको छ ।





प्रतिक्रिया