डियुटीमा खटिएका प्रहरीको बसको ठक्करबाट मृत्यु

काठमाडौं । बारामा डियुटीमा खटिएका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ।

शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो ।

काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए ।

उनका अनुसार ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार