कावठमाडौं । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
आज (बिहीबार) बिहान आर्मी ब्यारेकनेर ओरालोमा नम्बर नखुलेको पल्सर मोटसाइकलले ठक्कर दिँदा ६२ वर्षीय राम थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापालाई मध्यपुर अस्पताल ठिमीमा उपचारका लगिएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया