इलाम २ मा रास्वपाको तर्फबाट उम्मेद्वार मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।

प्रारम्भिक सूचीमा परेका ५ जनामध्ये रास्वपाले अन्यको उम्मेद्वारी फिर्ता गराएर लिम्बू सर्वसम्मत उम्मेदवार बनाएको हो ।

लिम्बू स्वतन्त्र उम्मेदवारी दिने भनेर चुनाव प्रचारमा जुटिसकेका थिए भने रास्वपाले ‘प्राइमरी इलेक्सन’ गर्ने भन्दै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो ।

बुधबार लिम्बुलाई समावेश गरेर ६ जनाको नाम सार्वजनिक गरेको रास्वपाले बिहीबार उनलाई उम्मेदवार बनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार