काठमाडौं । आफैँ अध्यक्ष रहेको पार्टी फुटेर नेकपा माओवादी कन्द्रसँग एकता गरेपछि बाबुराम भट्टराईं आश्चर्यमा परेका छन् ।
शनिबार उनी पार्टी अध्यक्ष रहेको पार्टी नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति पत्र सार्वजनिक भएपछि उनी आश्चर्यमा परेका हुन् ।
उनले यसलाई राजनीतिक ठगीको संज्ञा दिएका छन् । यसरी पार्टी एकताका पत्र तयारी हुँदा उनी आफू पढेको गोरखाको स्कुलको पूर्वविद्यार्थी समाजको कार्यक्रममा थिए ।
पालुङटारको अमरज्योति माविका पूर्वविद्यार्थी समाजको वनभोज तथा अधिवेशनमा बाबुरामसँगै नेपाल समाजवादी पार्टीबाटै गण्डकी प्रदेशसभा सदस्य रहेका फणीन्द्र देवकोटा पनि सहभागी थिए ।
त्यही बेला पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादवको उपस्थितिमा महासचिव रमेशप्रसाद यादव र माओवादी महाचिव देव गुरुङले दुई पार्टीबीच एकता घोषणासहित ४ बुँदे सहमति गरेको खबर पाएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
सहमति घोषणा कार्यक्रममा माओवादीका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका तर्फबाट अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित नेताहरु उपस्थित थिए । भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भनेका छन् ।
उनले यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको भन्दै संक्षिप्त मात्र प्रतिक्रिया दिएका छन् । तर, प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा उनले टिप्पणी गरे ।






प्रतिक्रिया