काठमाडौं । संघमा सरकार परिवर्तन भएसँगै कतिपय प्रदेशमा संवैधानिक जटिलता देखिने सम्भावना देखिएको छ । त्यसमध्ये एक हो कोशी प्रदेश ।
एक वर्षमै पाँच वटा सरकार बदलिसकेको कोशीमा छैटौं सरकारको गृहकार्य सुरु भएको यो प्रदेशमा पुनः सत्ता समीकरण परिवर्तन हुन सक्ने सम्भावना देखिएको हो ।
यसैक्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की यो तहको अस्थिरताका निम्ति जनतासँग माफी माग्नुको विकल्प नरहेको बताएका छन् ।
‘दुर्भाग्य र बाध्यतावस यो काम गरिरहेका छौ, हामी अब आफूलाई सच्याएर अगाडि बढ्ने र आगामी दिनहरुमा यस्ता काम नगर्न प्रतिबद्ध छौं भनेर माफी मागेर जानुपर्छ,’ उनी भन्छन्, ‘कमजोरीलाई धाकछोप त गर्न सकिंदैन नि १ गल्ती गरिरहेका छौं, त्यो गल्ती सच्याउँछौ भनेर बोल्नुपर्छ ।’






प्रतिक्रिया