काठमाडौं महानगरभित्रका सार्वजनिक विद्यालयका सटर भाडामा लगाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयहरुलाई सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न निर्देशन दिएसँगै सार्वजनिक विद्यालय नवीकरण नहुुने भएका हुन् ।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाउने पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार