कर्मनशा खोलाको जग्ग अतिक्रमणबारे पुनः अनुसन्धान गर्नू : विशेष अदालत

कठमाडौं । विशेष अदालतले ललितपुरको कर्मनाशा खोलाको जग्गा अतिक्रमण गर्नेहरुविरुद्ध फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

अपुरो अभियोगपत्र दायर गरेको भन्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ललितपुरको कर्मनासा खोलाको नक्सा ट्रेस बदल्ने काममा संलग्नहरुमाथि अनुसन्धान गर्न र उनीहरु संलग्न रहेको देखिए मुद्दा चलाउन आदेश दिएको हो ।

कर्मनासा खोलाको जग्गा अतिक्रमणसम्बन्धी मुद्दाको फैसलाका क्रममा विशेष अदालतले भनेको छ, ‘अभियोगपत्रको पृष्ठ ४७ मा नापी कार्यालय, ललितपुरबाट जग्गा बढ कायम गर्ने निर्णयमा कर्मचारीहरु संलग्न भएको देखिएको भन्ने उल्लेख भएको, तर सो निर्णयमा जिम्मेवार संलग्न पदाधिकारी र व्यक्तिहरुका हकमा समेत पुन अनुसन्धान गरी आवश्यक कारवाही गर्नु भनी निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’

प्रतिक्रिया