कोशीम गठबन्धनकी उम्मेदवारलाई हराउँदै एमालेकी उम्मेद्वार विजयी

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनक उम्मेदवारलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गदै उनी सो पदमा निर्वाचित भएकी हुन् ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार