राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा गठबन्धनका चारै उम्मेद्वार निर्वाचित

काठमाडौं । कोशी प्रदेशमा गठबन्धनका चारैजना उम्मेद्वार निर्वाचित भएका छन् ।

हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली काङ्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।

बिजयी हुनेहरुमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

बिजयी महिला तर्फकी काग्रेस्की पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काङ्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार