राष्ट्रिय सभा निर्वाचन : कोशीमा गठबन्धनका उम्मेद्वार सिटौला विजयी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कोशीका चर्चित उम्मेद्वार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै जित आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

२ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।

उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उनलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एकजनाको मत भने बदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार