राष्ट्रिय योजना आयोगले भूकम्पले पुर्‍ययाएको क्षतिको संकलन गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको क्षति संकलनका लागि राष्ट्रिय योजना आयोगले काम सुरु गरेको छ ।

आयोगका सदस्य रामेश्वर फुँयालका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम प्रारम्भ जानकारी दिए । उनका अनुसार स्थानीय तहहरुसँग समन्वय गरी विवरण संकलन गरिन्छ ।
अहिले राहत र उद्दारको काम चलिरहेको र यो निष्कर्षमा पुग्नासाथ क्षतिको आंकलनको काम समेत सँगै गरिने उनले बताए ।

नेपाल सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया