काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज ४ बजेका लागि बैठक बोलाएका छन् ।
कोशीका विषयमा छलफल गर्न सभापति देउवाले आजै ४ बजेका लागि उनले उपसभापति र महामन्त्री डाकेका हुन् ।
कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । र सोकै आधारमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन् ।
सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेको थियो । डा. शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको छ ।
कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।
नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।


प्रतिक्रिया