संविधान दिवसको अवसरमा दिइएको कैद मिनाहबारे गृहमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कैद माफी मिनाहाबारे गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

समितिको सोमबार बसेको समितिको बैठकले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको आममाफीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय भएको हो ।

समिति सभापति विमला सुवेदीले गृहमन्त्रीको समय हेरेर समितिमा बोलाइने बताइन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाउनेमा जघन्य अपराधमा कैद भोगिरहेका व्यक्ति पनि परेपछि विरोध भइरहेको छ । समितिले बालसुधार गृहहरुको अवस्थामा विषयमा पनि गृहमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार