एमालेकी सांसदले समितिको बैठक बहिष्कार गर्नुको कारण ?

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन न्याय तथा मानव अधिकार समिति बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ मा छलफल चलिरहेको बेलामा सांसद सिद्धिकीले सो बैठक  बहिस्कार गरेकी हुन् ।

‘सभापतिज्यूले बैठकलाई आफ्नो कन्ट्रोलमा राख्न सक्नुभएन । सत्तारुढ दल रास्वपाका सांसद स्मृति सेञ्चुरीले मेरो नाम लिएर गाली गलौच गर्दा पनि रोक्न सक्नुभएन । त्यसमा आफ्नो असहमति राखेर बैठकबाट बाहिरिए,’ सांसद सिद्धिकीले रातोपाटीसँग भनिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार