गरे बाबुरामले सरकारमाथि प्रश्न

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित भएको वर्तमान सरकार ठूला भ्रष्टाचारका प्रकरणमा पछि हट्नु विडम्बनापूर्ण भएको बताएका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान न्यायिक प्रणाली तथा कानुन कार्यान्वयनको शैलीमाथि प्रश्न उठाएका हुन्।

लोकतन्त्रमा राज्यका सबै काम विधिसम्मत ढंगले हुनुपर्ने भए पनि विद्यमान प्रणालीले साना र पहुँचविहीन व्यक्तिलाई मात्रै कारबाहीको दायरामा ल्याउने तथा पहुँच भएका ठूला दोषीले उन्मुक्ति पाउने अवस्था देखिएको उनको तर्क छ।

उनले लेखेका छन्, “झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नपुगेर निर्दोष ठहर्ने हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?”

भट्टराईले देशलाई निरन्तर लुट्दै आएका र भविष्यमा पनि लुटिरहन सक्ने विभिन्न भेषका गिरोहलाई अन्त्य नगरेसम्म मुलुकमा सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने दाबीसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार