पूर्वप्रधानन्याधीश चोलेन्द्र शम्शेर पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौंको महाराजगन्जस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्। उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

सर्वोच्च अदालतको नेतृत्वमा रहँदा मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका विभिन्न गम्भीर आरोप लागेपछि जबरा विवादमा तानिएका थिए। सोही प्रकरणलाई लिएर कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समय आन्दोलनसमेत गरेका थिए।

जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।

महाभियोग प्रस्तावमाथि अन्तिम निर्णय नहुँदै जबरा निलम्बनमा परेका थिए। त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्। निलम्बित अवस्थामै उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार