सुस्ताका बस्तीमा पानीको बहाव, डेढ सय परिवार जोखिममा

काठमाडौं । सुस्ताका बस्तीमा नारायणी नदीको वहाव प्रवेश गरेको छ । सो बस्तीमा पानीको वहाव प्रवेश गरेसँगै पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् ।

थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउसोँ नै सारिएको र गए राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरुलाई नारायणी नदी वारि सुरक्षित स्थानमा सार्ने तयारी रहेको उनले बताए । कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको छ ।

नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार