काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज प्रकाशित गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे । खुलातर्फ ११४ जना मागेकाे छ भने बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ।
असई पदका लागि असाेज १२ गतेदेखि कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। उमेर हद २५ वर्ष राखिएकाे छ ।
अनलाइनमार्फत दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।




प्रतिक्रिया