नुवाकोटमा डिएनए परीक्षण सुरु

काठमाडौं ।  भोटेकोसी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि  नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल प्रहरीले डीएनए परीक्षणको नमुना लिन सुरु गरेको हो ।

यसअघि नमुना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौं जानुपर्ने बाध्यता थियो ।  भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएको छ ।

हालसम्म दुई हजार २७२ डीएनए संकलन भएको छ । यसमध्ये एक हजार २६० मृतकको र एक हजार १२ मृतकका आफन्तको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया