काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु विपद्को विषय बलियो गरी उठान गर्नुपर्ने समय आएको बताएका छन् ।
सोमबार फेसबुकमार्फत विपद् व्यवस्थापनबारे ब्रिफिङ सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदाय समक्ष यस विषय बलियो गरी उठाउनुपर्ने बेला आएको बताएका हुन् । ”यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आएको छ,” प्रधानमन्त्रीले भनेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रकै ठूलो विपत्ति रहेको उनको भनाइ छ ।

प्रतिक्रिया