एसियन गेम्स : पुरुष भलिबलमा नेपाल प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।  मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार