काठमाडौै । नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई नेपालबाट फिर्ता गरिएको छ । नेपाली नागरिकलाई पक्राउ गर्न भन्दै कञ्चनपुरमा आएका भारतीय प्रहरीलाई शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै दोधाराचाँदनीस्थित घरमै पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
केही घण्टा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएका असईसहितका दुई जना भारतीय प्रहरीलाई भारततिरै फर्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले दुवै जनालाई भारत नै फर्काइएको जानकारी दिए । उनकाअनुसार उनीहरू नेपाल नै घर भएका पीडितको बलात्कार सम्बन्धी मुद्दामा लुहारलाई पक्राउ गर्न भन्दै उनको घरमा पुगेको पाइएको छ ।


प्रतिक्रिया