काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् ।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा अर्थमन्त्री वाग्लेले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताएका हुन् ।
‘राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ’, अर्थमन्त्री वाग्लेले भने, ‘शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।’
उनले बाढीका कारण सम्पर्कविच्छेद भएका प्रमुख दुई/तीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताए


प्रतिक्रिया