रुसको आक्रमणमा परी ३७ जना युक्रेनीको मृत्यु

काठमाडौं । युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसले गरेको आक्रमणमा ३७ जनाको मृत्यु भएको छ ।

राजधानी किभनजिकै सैन्य हातहतियार तथा गोलाबारुद भण्डारण केन्द्रमा रुसी ड्रोनले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो । त्यसैगरी थप  करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

क्षेत्रीय सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार घाइते ४२ जनामा चारजना बालबालिका रहेका छन् ।

किभको पश्चिमतर्फ रहेको बुचा जिल्लाको एक गोदाममा शुक्रबार राति रुसी ड्रोन ठोक्किएपछि त्यहाँ राखिएका शेल, माइन्स र ड्रोनका विष्फोटक पदार्थहरूमा शृंखलाबद्ध विस्फोट भएको थियो ।

रुसले भने उक्त गोदाममा युक्रेनको लामो दूरीको एफपी–१/एफपी–२ ड्रोनका कम्पोनेन्ट र बुस्टरहरू राखिएकाले त्यसलाई लक्षित गरी ‘गेरान–४’ ड्रोनमार्फत आक्रमण गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार