संविधान संशोधन गर्न राप्रपाले सघाउने

राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि सरकारलाई राप्रपाले सघाउने बताएका छन्।

जापान पुगेका नेता शाहीले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव लिएर सरकार आए आफ्नो पार्टीको साथ रहने बताए।

उनले भने, ‘हामीले अहिले पनि स्पष्टताका साथ छौँ, बढी त सिट हाम्रो छैन, पाँच वटा सिट छ। तपाईँको यो भुईँमा आएर हामी बाचाका साथ भन्न सक्छौँ, एक पटकको नेपाली, सधैँको नेपाली भन्ने नाराका साथ हामी छौँ। यदि सरकारले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव लिएर आए रास्वपाको १८१ मा ५ सीट थप गरिदिन सक्छौँ।’

उनले विदेशमा भएका नेपालीलाई मुखले नेपाल आऊ भनेर मात्रै नहुने बताए।

सोही कार्यक्रममा रास्वपाका सांसद खगेन्द्र सुनार पनि सहभागी थिए। उनले जापानमा रहेको नेपालीको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘खगेन्द्र सुनारजीजस्तो केवल नमस्कार गरेर होइन, आँखा जुधाएर र औँला ठड्याएर पनि मन्त्रीसँग कुरा गर्छु। जापानमा आएका नेपालीहरूले भोगिरहेका समस्या समाधानका लागि पहल गर्छु, यदि सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्यो भने, संसददेखि सडकसम्म लोकतान्त्रिक र कानुनी ढङ्गले खबरदारी गर्छु।’

उनले विदेशमा रहेका नेपालीको भविष्यसँग खेलबाड गर्ने कुनै कार्य स्वीकार्य नहुने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार