नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् ।
‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले रातोपाटीसँग भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया