आफूखुसी मन्त्री घोषणा नगर्न रविको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्री घोषणा नगर्न निर्देशन दिएका छन् ।

आइतबार केन्द्रीय कार्याल धापासीमा पार्टीका तर्फबाट विजयी हुने समानुपातिकका ५७ जना उम्मेदवारको नाम छान्न बसेको बैठकमा भर्चुअल्ली सहभागी लामिछानेले नेताहरूलाई आफूखुसी मन्त्रीमा नाम घोषणा नगर्न भनेका हुन् ।

‘विभिन्न मिडियाहरूमा आफूखुसी मन्त्रीको नाम घोषणा गर्दै हिँडेको कुरा आइरहेको छ’, उनले भने ‘वरिष्ठ नेता बालेन्द्र साह र मैले मन्त्रालयमा को-को पठाउनेबारे छलफल गरिरहेका छौँ, यसबारे बाहिर अन्यथा कुरा नगर्नुस् ।’

आइतबारको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र भने सहभागी भएनन् । पार्टी प्रवेश गरेयता उनी रास्वपाको कुनै बैठकमा सहभागी पनि भएका छैनन् । उनी आइतबार भौतिक र अनलाइन माध्यमबाट पनि बैठकमा भाग लिन गएनन्।

पार्टी बैठकमा रविले अब बस्ने केन्द्रीय समिति बैठकबाट बालेनलाई संसदीय दलको नेता बनाउनेसमेत उल्लेख गरे।

‘वरिष्ठ नेताज्यू, म र अरू साथीहरूबीच कसलाई मन्त्रालयमा पठाउने भन्ने कुरा भइरहेको छ। हामीले कसरी परिणाममुखी काम गर्ने भन्नेमा पनि छलफल भइरहेको छ’, उनले भने, ‘साथीहरुले आफूखुसी यो वा त्यो मन्त्रालयमा आफू जाने भनेर घोषणा नगर्नुहोला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार