अमेरिका अप्ठ्यारोमा


यता प्रारम्भिक लक्ष हासिल गर्न नसकिरहेको अमेरिकालाई युद्ध क्षेत्रका साझेदारहरूले सक्रिय सहयोग नगरेपछि थप संकट आईलागेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युद्ध शुरुवात गर्दा आफ्नो सेनासमेत संलग्न हुने वचन दिएका साउदी अरेबिया अहिले प्रत्यक्ष युद्धमा संलग्न नहुने बताईरहेको छ। यसबारे अमेरिकी राष्टट्रपति डोनाल्ड ट्रम्पका अत्यान्तै निकट एक संसदले ‘साउदी अरेबियालाई धोकेवाज’को संकेत दिँदै समयमा यसको जवाफ दिनेसमेत बताएका छन्।

उता संयुक्त अबर इमिरेटस् (यूएई)ले पनि अब आफ्नो क्षेत्रबाट अब अमेरिकी सेनालाई आक्रमण गर्न नदिने बताएका छन् । खाडी क्षेत्रमा रहेका अमेरिकाका आधार शिविरहरूमा इरानी मिसाईल वर्षा हुन थालेपछि उनीहरूले पोजिशन परिवर्तन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार