गठबन्धनले राजनीतिलाई दूषित बनायो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन् ।

बुधबार धनुषाको जनकपुरबाट सार्वजनिक प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले यस्तो बताएका हुन्।

उनले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्दाका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए । ‘बदलिएर आएको नेपाली कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौँ’, उनले भने ‘हामी हाम्रा मूल्य मान्यतालाई अझै तिखारेर जान्छौँ ।’

सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेका कारण यस पटकदेखि कांग्रेस कसैसँग गठबन्धनको सम्झौता नगर्ने प्रतिज्ञा उनले गरेका छन् ।

‘चुनावमा मात्रै होइन, सरकार बनिसकेपछि पनि विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिमा समेत भागबण्डा हुँदैन, हुन दिदैनौँ । यो बदलिएको कांग्रेसको संकल्प हो’, सभापति थापाले भने ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित हुन नपर्ने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार