भदौ २३ र २४ गतेका कमीकमजोरीमा कांग्रेसको पनि हिस्सा छ :योगेश

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भदौ २३ र २४ गते नवयुवाहरूको निर्ममतापूर्वक हत्या हुनुमा राज्यको असावधानी प्रस्ट देखिएको बताएका छन्। एक भिडिओ सन्देश जारी गर्दै कतिपय असावधानीका कारणले जेनजी आन्दोलनले दुखद बाटो लिएको बताए।

उनले भने, ‘विशेष गरी २३ र २४ जना नवयुवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यसमा राज्यको असावधानी र कमजोरी प्रस्ट देखिन्छ र हामीले त्यो कमजोरीलाई स्वीकार्नुपर्छ। त्यसप्रति हामी आत्मालोचित छौँ, हामीले पटक–पटक भनेकै छौँ। २४ गते त्यसको केही आक्रोशहरू थियो, स्वाभाविक हो सडकमा त्यो आक्रोशहरू पोखिन्छ नै। तर त्यति मात्रै थिएन, २३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्य विरुद्धको सङ्गठित अपराध पनि थियो, षड्यन्त्रहरू पनि थिए। त्यसकारणले २३ र २४ गतेलाई अलग ढङ्गले विश्लेषण गर्नुपर्छ भनेर मैले पहिल्यै देखि भन्दै आएको छु।’

उनले जेनजी आन्दोलन हुँदा गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको भएकाले कमीकमजोरीको भागीदार एमाले एक्लै नहुने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार