काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको तयारी व्यवस्थापनका लागि वडा तहसम्मका व्यक्तिहरुलाई संलग्न गराउन निर्देशन दिएका छन् ।
शनिबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयन गर्न उनले निर्देशन दिए ।






प्रतिक्रिया