काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले २०८२ फागनु २१ मा हुने निर्वाचनमा उमेद्वारी नदिने घोषणा छन् ।
आइतबार केसीले औपचारिक रुपमा आगामी निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका हुन् ।
केसी पञ्चायतकालविरुद्ध लडेका नेता हुन् । पञ्चायतविरुद्ध भएको २०३६को विद्यार्थी आन्दोलनमा उनको गौरवपूर्ण योगदान छ ।
बलबहादुर केसी र शेरबहादुर देउवा समकालीन दौतरी हुन् । बलबहादुर केसीले आगामी निर्वाचनमा आफूले निर्वाचन नलड्ने बताइरहँदा शेरबहादुर देउवा भने कांग्रेसको आधिकारिकता खोज्दै आतबारै सर्वोच्च अदालत गएका छन् । केसी नेपाली राजनीतिमा स्थापित व्यक्ति हुन् । केसी सोलुखुम्बुका स्थायी बासिन्दा हुन् । उनले यसै क्षेत्रलाई आधार बनाइ राजनीति गर्दै आएका छन् ।





प्रतिक्रिया