छोराले गरे आफ्नै आमाको हत्या

काठमाडौै‌ । आफ्नै छोराले आमाकाे हत्या गरेका छन् । गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा छोराले हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् । 

२७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीया आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ । 

“आमाको उपचारका क्रममा भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको हो,” जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जबेगुले बाह्रखरीसँग भने, “आमाको हत्या गरेपछि प्रवीणले आफूले पनि आत्महत्याको प्रयास गरेको पाइएको छ । उनको अहिले उपचार भइरहेको छ ।” 

प्रवीण अहिले कोमामा रहेका छन् । डीएसपी जबेगुका अनुसार प्रवीण पाँच वर्षदेखि डिप्रेसनको औषधि खाँदै आएका थिए । 

धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका उनीहरू तेर्सेटारमामा डेरा गरी बस्दै आएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार