रुसी राष्ट्रपतिलाई पुटिनले दिए गीता उपहार

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिनको भारत भ्रमणमा छन्। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति भेंट गरेँ। गीता–उपदेशले विश्वभर लाखौं मानिसलाई प्रेरणा दिने काम गरेको छ।’

रूसका राष्ट्रपति पुटिन बिहीबार दुईदिने भारत यात्राका लागि दिल्ली पुगे। उनको विमान दिल्लीको पालम एयरपोर्टमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित भई उनीहरूको स्वागत गरेका थिए।

एयरपोर्टमा औपचारिक स्वागत पछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै गाडीमा बसेर मोदीको आधिकारिक निवासस्थानमा पुगेका थिए।

युक्रेनसँगको युद्ध प्रारम्भ भएकोपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत यात्रा हो। यस यात्रामा राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदी २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार