काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको हो ।
उनलाई आइतबार बिहान बेहोसी अवस्थामा नै अस्पताल पुर्याइएको थियो ।
अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।
एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक सातादेखि बिरामी थिए । उनलाई मधुमेह थियो भने पिसाब संक्रमणले थप बिरामी परेका थिए ।






प्रतिक्रिया