दलितको भोट चलेन भन्ने प्रचार गलत : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यममा एमालेमा दलितको भोट चलेन शीर्षकमा समाचार प्रकाशन भएपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

“दलित र गैरदलित दुबैलाई त्यहाँ चुन्न र चुनिने अधिकार सुरक्षित छ,” पोख्रेलले भनेका छन् ।

तर उनले दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्ने व्यवस्था गरिएको बताए । यो व्यवस्था एमालेले समावेशी सिद्धान्त लागू गरेदेखि प्रचलनमा रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार