रास्वपा केन्द्रीय कमिटीको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको सो पार्टीको बैठक आज पनि बसेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बजेबाट हिजो केन्द्रीय समितिको बैठक बस्नेछ । हिजोको बैठकमा ६ वटा प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आज पनि धारणा राख्नेक्रम जारी रहनेछ । त्यसपछि सम्बन्धित पादधिकारीले जवाफ दिनेछन् ।

प्रवक्ता झाका अनुसार लगभग १० सदस्य र पदाधिकारीहरूले बोल्न बाँकी छ । त्यसपछि अरू तीन एजेन्डाहरूमा छलफल बाँकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार