कुलमानले अनुगमन गरे वीपी हाइवे

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक अनुगमन गरेका छन् । त्यसक्रममा उनले सडक निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।

अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका छन् ।

छलफलमा मन्त्री घिसिङले चाडपर्व ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिए ।

आयोजना तर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्णरूपमा परिचालन गर्न तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार