२० प्रतिशत निजामती कर्मचारी कटौतीको तयारी

काठमाडौं । निजामती सेवाअन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी भएको छ ।

मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।

हाल संघीय सरकारमा ५१ हजारभन्दा बढी कर्मचारी छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो संख्या करिब १० हजार कम हुनेछ । यसका लागि आवश्यक प्रस्ताव असोज २० गतेसम्म तयार गर्ने निर्णय भएको छ ।

यस्तै, बैठकले कर्मचारीहरूले पाउँदै आएको बैठक भत्तासमेत नपाउने भएका छन् । यसअघि कर्मचारीेले बैठक भत्ता पाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार