जेएनजी आन्दोलनका मृतकका परिवारलाई राहत दिने सरकारको घोषणा

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरी दश लाख दिने घोषणा गरेको छ । मुख्यसचिव एकनारायण अर्याल घाइतेको निःशुल्क उपचार गर्ने पनि सरकारले गरेको छ ।

उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार