उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच भेटघाट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच भेटघाट भएको छ । चीन भ्रमणमा रहेका श्रेष्ठ र फङबीच बुधबारसिचुवान प्रान्तको राजधानी छेन्दुमा भएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको छ ।

दुई नेताहरुबीच दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा कुराकानी भएको थियो ।

थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्‍याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिए ।

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा भएको ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’मा सहभागी हुन मंगलबार चीन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार