काठमाडौं । ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेकामध्ये स्टे अर्डर लिएका तीन जना रिहा भएका छन् ।
मंगलबार पक्राउ परेका उनीहरुलाई स्टे अर्डर लिइएकाले छाडिएको बताइएको छ ।
प्रहरीले सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने बताइएको छ ।
मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको अभियोमा मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ परेका छन् ।


प्रतिक्रिया