कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरूप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ । कार्यक्रम विशेषगरी कृषि, पर्यटन, स्वास्थ्य र रोजगारीसँग जोडिएर आएको छ ।

यस्तै केही पुराना नीतिलाई समेत अवलम्बन गरिएको छ भने नयाँ आकर्षणको नीति भने खासै आएको छैन ।

प्रदेशसभाका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्यअनुरूप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताए । यो योजना मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको पद धारण गर्दै गर्दा गरेको निर्णय हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार