काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल पनि एउटा विकल्प हुन सक्ने बताएपछि यस विषयमा पुनः चासो बढेको छ ।
त्य मोसो त, गत वर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रींगलाले बंगलादेशसँगको सीमा विवाद समाधानको प्रसंग उल्लेख गरेका थिए ।
उनले त्यसबेला भनेका थिए, ‘हामीले बंगलादेशसँगको सीमा विवाद समाधान ग¥यौं, नेपालसँग पनि त्यसैगरी वार्ताद्वारा सीमा समस्या समाधान गर्न सकिन्छ ।’


प्रतिक्रिया