प्रधानमन्त्रीको उज्जैन भ्रमणलाई एमाले नेता थापाले भने : हरि ॐ नम: शिवाय:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको धार्मिक कार्यलाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले व्यङ्ग्यात्मक  टिप्पणी गरेका छन् ।

दाहालले सत्ताका लागि उज्जेन धार्मिक यात्रा गरेको टिप्पणी छ ।

उनले भनेका छन् ‘उज्जैनमा नेपाली प्रधानमन्त्री र मन्त्रीहरूद्वारा
महाकालेश्वरको पूजा-अर्चना,
सत्तामा टिक्न पुष्पकमल दाहाल प्रचण्ड
भाजपाकरण हुन नै तयार हुनुभएको छ!
हरि ॐ नम: शिवाय:’

त्यसै गरी अघि भन्छन् ‘जनयुद्धबाट जनैयुद्दमा छलाङ् –
पुष्पकमल दाहालले मार्क्सवाद र रामराज्यबीचको फ्युजन गर्नुपर्छ भन्दै श्रीस्वामी करपात्रीजी महाराजको पुस्तक’मार्क्सवाद ओैर रामराज्य’ साथसाथै लिएर हिडिरहेको भन्ने सुन्नमा आयो। मोदीसँग तीनपटकको गोप्य मन्त्रणाले बिग्रिन लागेको बातावरण राम्रो गराएको यसैले त होइन ?
फ्युजनवादी प्रचण्ड माओवादी र भाजपा/आरएसएसबीच समान धारणा, सहकार्य, फ्युजन र एकताको मार्गमा सँगसँगै अघि बढ्ने गोप्य साँठगाँठ त भएको होइन?
यस्ता विषयमा टुँडिखेलजत्रा लामलामा लेख लेख्ने मोहनविक्रम सिंहलाई घनघोर बुढ्यौली लाग्यो कि सुर्ताहीन बनेर समर्थनमा लम्पसार र मौन बस्नुपर्ने बाध्यता किन परेको होला ?’

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार