यस्तो छ, आजको मौसम

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको भन्दै सोमबार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको जनाएको छ । जसका कारण सबै प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यस्तै दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सबै प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाएको छ ।

यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

 

प्रतिक्रिया