राष्ट्रिय परिचयपत्र वितरणमा सवारी लाइसेन्स नपाएका र ज्येष्ठ नागरिकलाई प्राथमिकता

काठमाडौं । राष्ट्रिय परिचयत्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स  नभएका र ज्येष्ठ नागरिकले  पहिले पाउने भएका छन । सरकारले आवश्यक संख्यामा छापेर दिन नसकेपछि यस्तो वैकल्पिक उपाय खोजी गरेको हो ।

अब राष्ट्रिय परिचयपत्र प्रिन्ट गर्दा पहिले बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र त्यसपछि ज्येष्ठ नागरिकहरुलाई दिने सरकारको तयारी छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिले सबै प्रक्रिया पूरा गरेर छपाइ हुन बाँकी लाइसेन्सको संख्या २१ लाख नाघेको छ । प्रदेशहरुबाट दैनिक रुपमा ठूलो मात्रामा सर्वसाधारणले लाइसेन्स परीक्षा पास गर्नुका साथै पुरानो लाइसेन्स नवीकरण गरिरहेका छन् । ठेक्का प्रक्रियामा भइरहेको अलमलले लाइसेन्स छाप्ने मेसिन र कार्डको आपूर्ति पनि हुन सकेको छैन ।

चालकहरुले लाइसेन्स परीक्षा पास गरेपछि राजस्व तिर्दा पाएको रसिदलाई नै लाइसेन्सको सट्टामा प्रयोग गरिरहेका छन् ।

त्यसैले अब स्मार्ट लाइन्सेन्सको प्रक्रिया पूरा गरेकाहरुलाई प्राथमिकताका साथ राष्ट्रिय परिचयपत्र दिने र त्यसबाट लाइसेन्स छपाइको समस्या समाधान गर्ने तयारी गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिलेसम्म १ करोड ५४ लाख जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण भर्नुका साथै बायोमेट्रिकसहित फोटो खिचाएका छन् ।

त्यसमध्ये करिब ४५ लाख जनाको राष्ट्रिय परिचयपत्र छापिएको छ भने एक करोड १० लाख कार्ड छाप्न बाँकी रहेको विभागका महानिर्देशक युवराज कट्टेलले जानकारी दिएका । ‘धेरैले तुरुन्तै कार्ड नपाएको गुनासो गर्नुभएको छ’, उनले भने, ‘सवारी लाइसेन्समा पनि त्यही समस्या छ, त्यसैले दुबैको समाधान हुने गरी काम गर्न लागेका छौं ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार